राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास भएको छ। बिहीवार बसेको राष्ट्रिय सभाको बेठकले विनियोजन विधेयक पास गरेको हो।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ मा उल्लेखित विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिन सांसदको नाम मागेका थिए। तर कुनै दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास गरेका हुन्।

बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायमै राखेको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज ८ गते शुक्रवार ११ बजे बस्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री