मेगा बैंककी डेपुटी सिइओ रविना देशराज संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित

काठमाडौं ।मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित भएकी छन् ।

नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा  विभुषित गर्ने  निर्णय गरेको हो ।

श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले  एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड  पाइसकेकी  छन्।

करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आमाको पहिचानका लागि परिवारको दायित्व भन्ने नबिल बैंकको सन्देशमूलक भिडियो सार्वजनिक (भिडिओ)

काठमाडौँ । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान …

प्रतिकृया दिनुहॊस