सानिमा बैंकको दशैंमा बम्पर योजना

काठमाडौं  ।सानिमा बैंकले दशैंको अवसर पारेर मुद्दति निक्षेपमा पैसा राख्दा सर्वाधिक ब्याजदर पाउने स्किम सार्वजनिक गरेको छ ।

बैंकले असोज १ गतेदेखि लागू हुने गरी यस्तो स्किम सार्वजनिक गरेको हो ।

विशेष दशैं बम्पर योजना नाम दिइएको यो स्किमअन्तर्गत व्यक्तिगत मुद्दति खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिइनेछ ।

ब्याजदरको भुक्तानी मासिक रुपमा गरिने बैंकले जनाएको छ ।

यो स्किमअन्तर्गत खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने समेत बैंकले जनाएको छ ।

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाखसम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु  ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस