इन्द्रावती नदीमा एक महिला मृत्त फेला, शव परिवारको जिम्मा लगाइयाे

सिन्धुपाल्चोक,

इन्द्रावती नदीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ। इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती नदीमा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

उनी २८ भदौ बिहान छोरी पार्वती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपालिका-७ स्थित छोरीको घरमा गएका थिए। २९ भदौ बिहान छोरीको घरबाट आफ्नो घरतर्फ फर्के पनि दुई दिनसम्म घरमा नआइपुगेकाले परिवार र आफन्तले खोजतलासका लागि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी कार्यालयबाट गएको टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती नदीमा पानीमा डुवेको अवस्थामा शव फेला पारेको थियो। उनको शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।न्युज कारखाना

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री