अफगानिस्तानबाट थप ३४ नेपाली स्वदेश फर्किँदै, अहिलेसम्म कति आए ?

काठमाडौं । अफगानिस्तानमा अलपत्र परेका थप ३४ नेपाली आज  स्वदेश आउँदै छन् । काबुलमा अलपत्र परेका ३४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याउन लागिएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार काबुलमा अलपत्र ३४ नेपाली शनिबार बिहान १० बजे चार्टर विमानमार्फत स्वदेश फर्कंदै छन् । उनीहरुसँगै संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि स्वदेश फर्किंदै छन् ।

बिद्रोही तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ असुरक्षा बढेको छ । विभिन्न रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली तालिबानले सत्ता कब्जा गरेपछि अलपत्र परेका हुन् । हाल उनीहरुलाई यूएनको सहयोगमा काबुलमा सुरक्षित रूपमा राखिएको छ । अफगानिस्तानबाट हालसम्म ९४० नेपालीको उद्धार भइसकेको छ । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री