प्रहरीद्वारा २५ किलो सालकको खबटासहित दुई जना पक्राउ

प्रहरीले २५ किलो सालकको खबटासहित आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौँको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो। वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो।

ब्युरोले आज एक सूचना जारी गरी उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको छ। उनीहरुको साथबाट प्रहरीले २५ किलो सालकको खबटा बरामद गरेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस