काठमाडौं । नेपाल बैंकले काभ्रेको धुलिखेल स्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट उपलब्ध गराएको छ ।
नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँ बराबरको उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
प्रतिकृया दिनुहॊस