शीतलनिवासमा ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार राति भेटवार्ता भएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीलार्ई भेट्न प्रधानमन्त्री ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झण्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ । दुई जनाबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री