काठमाडौंमा बिहानैदेखि वर्षा, कस्ताे रहला आजकाे माैसम?

आज बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा हेटौंडाका व्यावसायी मुडभरीको मृत्यु

काठमाडौं । मकवानपुरमा रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा गए राति एक व्यावसायीको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after