आइसीसी विश्वकप क्रिकेट लिग-२ः ओमानद्वारा नेपाल पाँच विकेटले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ।

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा १९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै १९८ रन बनाएको हो।

ओमानको जीतमा जितेन्दर सिंहले शतक प्रहार गरे। विस्फाेटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए। ओमानको जीतमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए।

नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए। १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए। यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए। उनी सर्वाधिक महँगा बलर बने। चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए। एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १९६ रन बनाएको थियो।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए। एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन्। यस्तै, करण केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए। सन्दीप लामिछानेले १६ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस