नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ ले पराजित गरेको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ ।

खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । खेल रंगशालामै गएर प्रत्यक्ष हेर्न टिकट शुल्क २०० र ५०० तोकिएको छ । खेलको प्रत्यक्ष प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।

एएफसी महिला एसियन कप २०२२ छनोट अन्तर्गत नेपाल समूह ‘एफ’मा रहेको छ । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै शुरूआत गर्ने तालिका रहेको छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउने छ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस