काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूबीच आज बालुवाटारमा छलफल भएको छ । पार्टीको १४ औं महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा पौडेल पक्षका नेताहरूले सभापति देउवासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री देउवासँग कुराकानी गर्ने आफू पक्षीय नेताहरू लिएर बिहीबार बिहान पौडेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी २० जिल्लाको समस्या समाधान गरी वडा अधिवेशन शुरु गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
तपाईंको प्रतिकृया




