काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ। कोराेना सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने, नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको जानकारी दिए। काठमाडौँका स्थानीय तहका शिक्षा हेर्ने अधिकृत प्रतिनिधि र काठमाडौँका प्रजिअसहितको साेमबारको बैठकले उक्त निर्णय गरेको हो।
कतिपय वडाहरूमा कोभिड शून्य रहेको पाइएको छ। ती वडाले सुरक्षित भएर असोज १ गतेपछि विद्यालय खोल्न सक्छन्। अन्य जिल्लाले भने छलफलपछि मात्रै निर्णय लिने जनाइएको छ।
तपाईंको प्रतिकृया




