बैंक अफ काठमाण्डूले ल्यायो नगदफिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ ।

बैंकले आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी उक्त योजना ल्याएको हो ।

योजना अन्र्तगत ग्राहकलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगदफिर्ता पाउनेछन् ।

ग्राहकले नगद फिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत ईसीओएमएम (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ ।

यो नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ ।

यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताले कारोबार गर्नुभएको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँ सम्मको नगदफिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ ।

ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटकसम्म प्रयोग गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री