चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको मौसमविदले जनाएका छन् । जसका कारण मनसुनी प्रणाली रहे पनि मनसुन थप सक्रिय भएको छैन । केही दिनयता देशका अधिकांश स्थानमा झरी परेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न वाध्य भएका हौं : नेता डा. महत

काठमाडौंं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम …

प्रतिकृया दिनुहॊस