रोनाल्डोको नयाँ किर्तिमान, अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने किर्तिमान आफ्नो नाममा लेखाएका छन् । विश्वकप छनौट अन्तर्गत आयरल्याण्डविरुद्द्ध गोल गर्दै रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा ११०औ गोल गर्दै यस्तो किर्तिमान बनाएका हुन् ।

आयरल्याण्डविरुद्ध रोनाल्डोले दुई गोल गरेका थिए भने अन्तर्राष्टिय खेलमा रोनाल्डोले अब १११ गोल गरेका छन् । आयरल्याण्डविरुद्ध पोर्चुगल २-१ ले विजयी भएको थियो । रोनाल्डोले खेलको ८९औ र ९६औ मिनेटमा गोल गरेका थिए । यस अघि खेलको १५औ मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी रोनाल्डोले मिस गरेका थिए ।

यसअघि रोनाल्डोले यसै युरोकपमा पछिल्लो फ्रान्सविरुद्धको खेलमा २ गोल गर्दै इरानका अलि दाइँको किर्तिमानको बराबरी गरेका थिए । रोनाल्डोले १८० खेलमा १११ गोल गरेका छन् । त्यस्तै अली दाइँले इरानका लागि सन १९९३ देखि २००६ सम्म १४९ खेल खेल्दै १०९ गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडीको सुचीमा अब रोनाल्डो र अली दाइँपछि मलेसियाका मोख्तर दहारी रहेका छन् । उनले १४२ खेलमा ८९ गोल गरेका थिए । त्यस्तै चौथो स्थानमा हंगेरीका फेरेन पुस्कस रहेका छन् । उनले ८५ खेलमा हंगेरीका लागि ८४ गोल गरेका थिए ।

त्यस्तै जाम्बियाका गडफ्रे चितालुले ७९, इराकका हसेन सईदले ७८, ब्राजिलका पेलेले ७७, युएईका हाल खेलिरहेका खेलिद अलि मबखोउटले ७६ गोल गरेका छन् । हाल खेलिरहेका चर्चित खेलाडीहरु अर्जेन्टिनाका लियोनेल मेसीले ७६ गोल गरेका छन् भने पोल्याण्डका रोबेर्ट लेवानडोस्कीले ६९ गोल गरेका चाहन । त्यस्तै उरुग्वेका लुइस स्वरेज र बेल्जियमका रोमेलु लुकाकुले ६४-६४, स्विडेनका जलाटन इब्राहिमोविचले ६२ अन्तराष्ट्रिय गोल गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री