बाढी-पहिरोबाट जनताको ज्यान जोगाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट सिर्जित समस्याबारे गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान सम्बन्धित क्षेत्रका अधिकारीसँग जानकारी लिएका छन् ।

गृहमन्त्री खाँणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डडीआईजीपी) सँग बाढी, पहिरो र डुबानबारे जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्टराई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछि अवस्थाबारे जानकारी लिएका हुन् ।

मन्त्री खाँणले अहिलेसम्मको कामको प्रशंसा गर्दै अझै वर्षा जारी रहेकाले पूर्वतयारी तीव्र पार्न निर्देशन उनीहरूलाई निर्देशन दिएका छन् । ‘अहिलेसम्म तपाईहरूले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ,’ मन्त्री खाँणले भने, ‘अब पूर्व तयारीपट्टि त्यो भन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला ।’ नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधन उपयोग गरी कुनै कसुर बाँकी नराख्न पनि उनले निर्देशन दिएको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री