खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५ सयसम्म क्यासब्याक

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५ सयसम्मको क्यासब्याक पाउने भएका छन् ।

कम्पनीले भदौ ७ गतेदेखि सिमित अवधिका लागि सोे अफर सञ्चालनमा ल्याईएको जनाएको छ ।

सो अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ ।

खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप