तीन सय रुपैयाँ सस्तियो सुन

काठमाडौँ । सुन तोलामा तीन सय रुपैयाँ सस्तिएको छ । गत शुक्रबार चार सय रुपैयाँले महँगिएको सुन आइतबार सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९० हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार सुन तोलामा ९१ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी तोलामा एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री