काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)काे स्थायी कमिटी र संसदीय दलकाे बैठक बस्ने भएकाे छ ।
स्थायी कमिटीकाे बैठक आज(मंगलबार) बिहान ११ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एक स्थायी कमिटी सदस्यले बताएका छन् । यसैगरी संसदीय दलकाे बैठक दिउँसाे ३ बजे संसद भवन बानेश्वरमा बस्नेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जाेगाउनका लागि बैठक बाेलाएका हुन्।
तपाईंको प्रतिकृया




