काँग्रेस महाधिवेशन: गाउँ-नगर कार्यसमिति क्रियाशील सदस्यले चुन्न नपाउने

काठमाडौँ । नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति चयनको व्यवस्थामा संशोधन गरेको छ ।

शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले विधानमा रहेको क्रियाशील सदस्यले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति चयन गर्ने व्यवस्था संशोधन गर्दै वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्र गाउँ तथा नगर अधिवेशनका मतदाता हुने व्यवस्था गरीको हो ।

पार्टीको १४औं महाधिवेशनका लागि गाउँ-नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरिएको छ ।

निर्णयमा भनिएको छ- ‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर-उपमहानगर-महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने ।’

काँग्रेसले विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री