काठमाडौ । बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो चुक्ता पुंजीको २५ प्रतिसतसम्म ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको घोषणा गरेको हो ।
वाणिज्य बैंकहरुका अतिरिक्त राष्ट्रियस्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । कृषि र ऊर्जा क्षेत्रको विकासमा दीर्घकालीन साधन परिचालन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको कृषि र ऊर्जा ऋणपत्र सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइने छ ।
मौद्रिक नीतिले वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बंैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्नप्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम एक प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने समेतको मौद्रिक नीतिमा उल्लेख छ ।




