काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् । कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्ट उनीहरूले लिखित रुपमा सामुहिक राजीनामा दिएका हुन् ।
उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकामा आपत्ति जनाएका थिए । आफूहरुमाथि पार्टीबाट अन्याय भएकाले राजीनामा दिएको एक आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ ‘विश्व’ ले बताए ।
‘पदाधिकारी र केन्द्रीय सदस्यहरु चाहिँ सिधै महाधिवेशनमा जान पाउने तर आमन्त्रितले बुथमा गएर लड्नु पर्ने गरी बनाएको नियमले अन्याय भएको छ’, उनले भने, ‘१४ औं महाधिवेशनमा हाम्रो भूमिका केही नदेखिने भएपछि राजीनामा दिएका हौं ।’
उनीहरुले बुथमा गएर सबै जनाले चुनाव लड्नुपर्ने अडान लिएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु सबैले बुथमै गएर चुनाव लड्ने नियम आवश्यक रहेको उनीहरुको मत थियो ।
क-कसले गरे राजीनामा ?
१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेख प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह




