इसेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ।
योजनामा ५०० भन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन्।
यो योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ।
छात्रवृति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ।
विद्यार्थीले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेसनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्डबुद्ध सेकेन्डरी स्कुलमा छात्रवृति प्राप्त गर्नेछन्।
इसेवामार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त गर्नेछन्।
छात्रवृतिका लागि विद्यार्थीले इसेवा मोबाइल एप तथा वेभमार्फत इसेवा स्कोलरसिप अप्सनमा गई आवेदन दिन सक्नेछन्।
छात्रवृतिका लागि विद्यार्थीले रु. ३० भुक्तानी गर्नुपर्नेछ।
यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ।
छात्रवृतिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेस गर्नुपर्नेछ ।
प्रतिकृया दिनुहॊस