संखुवासभामा भिरबाट लडेर एक जनाको मृत्यु

संखुवासभा। संखुवासभाको  मकालु गाऊपालिका ३ मा  भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल  निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री