आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

काठमाडौं । आज पनि देशभर मौसम बदलीको अवस्थामा रहेको मौसमविदले जनाएका छन् । आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज देशका पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय रहँदा आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ । महाकाली, कोशीको सहायक नदी र सुनकोशीमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत देशका प्रमुख तथा मझौला नदीहरूमा वहाब सामान्य घटबढ हुने छ । यद्यपि सतर्कता तहभन्दा तलै रहने विभागको पूर्वानुमान छ ।

आज प्रदेश–१ को पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, वागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं र मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशको सल्यान, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने विभागको पूर्वानुमान छ । यी नदी तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री