सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौं । सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य भने आज पनि स्थिर रही प्रतितोला १२८५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री