काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई महाराजधिराज भनेकोमा माधवकुमार नेपाललाई धन्यवाद दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता नेपालले ओलीमाथि राम्रो व्यंग्य गरेको भन्दै नेता नेपाललाई धन्यवाद दिएका हुन् ।
प्रचण्डले भने- हिजो नेपालजीले बडो सहि कुरा भन्नुभएछ, आममाफीको घोषणा । महाराजधिराजले आममाफी दिनुभयो हामी नाच्ने होकी भन्नु भएछ, कति सुन्दर व्यंग्य, मैले त नेपालजीलाई धन्यवाद दिन्छु ।’
तपाईंको प्रतिकृया




