काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं, ८ साउन । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान सात बजेर पाँच मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री