डोजर पल्टिँदा एकको मृत्यु, दुई घाइते

काठमाडाैँ । अछाममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ । चालकसहित दुई जना घाइते छन् ।

मंगलसेन नगरपालिका-१४, कालागाउँमा भएको दुर्घटनामा डोजरमा सवार अछामकै ढकारी गाउँपालिका-२ का ३६ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा घाइते भएका डोजरका चालक र परिचालकलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । कालागाउँबाट ठाँटीखाँदतर्फ जाँदै गरेको ‘अनटेष्ट’ लेखिएको डोजर आइतबार राति करिब साढे आठ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री