काठमाडौं-दिल्ली अबदेखि साताको ६ उडान

काठमाडौँ । काठमाडौं-दिल्लीमा अब साताको ६ उडान हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले सोमवारदेखि काठमाडौं-दिल्लीको उडान सातामा २ बाट ६ पुर्‍याएको हो ।

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले सोमबारदेखि लागू हुनेगरी नेपाल वायुसेवा निगम र भारतीय ध्वजाबाहक एयर इन्डियालाई सातामा ३/३ गरी ६ वटा उडान गर्ने अनुमति आइतबार जारी गरेका हुन् । वैशाखमा कोरोना संक्रमणको दोस्रो लहरको चेन ब्रेक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ देखि सातामा १४ वटा उडान हुँदै आएको काठमाडौं-दिल्ली सेक्टरमा दुइटा उडानमा सीमित गराएको थियो ।

त्यसयता नेपालले अन्य मुलुकमा व्यवसायिक उडानमा रोक लगाएपनि नेपाल भारत उडान सातामा दुइटा हुँदै आएको थियो । पछिल्लोपटक निषेधाज्ञा खुकुलो भएसँगै यात्रु चाप वृद्धि भइ यो रुटको हवाइ भाडा एकतर्फी ५० हजार रुपैयाँसम्म पुगेपछि मन्त्रीपरिषद्को शनिबारको बैठकले एयर बबल अवधारणा अन्तर्गत भइरहेका उडानको संख्या बढाउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलले साधारणसभा तथा लाभांश …

प्रतिकृया दिनुहॊस