प्राइम बैंक खाता खल्तीसँग लिङ्क गर्दा सय रुपैयाँ बोनस पाइने

काठमाडौं । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राइम बैंक खाता खल्तीसँग लिङ्क गर्दा सय रुपैयाँ बोनस दिने भएको छ । एकपटक बैंक लिङ्क गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यो बोनस अफर पहिलोपटक प्राइम बैंक अकाउन्ट खल्तीसँग लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागु हुने जनाइएको छ । लिङ्क गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री