शनिबार उपत्यकाका दर्जन बढी स्थानमा ९ घन्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका दर्जन बढी स्थानमा ९ घन्टा विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।

रन्तपार्क वितरण केन्द्र अन्तर्गतको लैनचौर ११ केभी फिडरको मर्मत गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । फिडर मर्मत गर्न बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

मर्मत अवधिभर लैनचौर क्षेत्रको डिडिसी अगाडीको मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तिसार, नक्शाल, प्रहरी प्रधान कार्यालय, टंगाललगायत स्थानमा विद्युत आपूर्ति बन्द हुनेछ ।साँझ ५ बजेबाट सेवा नियमित हुने प्राधिकरणले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक …

प्रतिकृया दिनुहॊस