सिभिल बैंकले शुरु गर्यो स्मार्ट वेबसाईट, जस्तोसुकै मोबाईलबाट सुचना हेर्न सकिने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ ।यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ ।

यो स्मार्ट वेबसाईटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बैंकिङ मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टप अपको सुविधा, ल्यान्ड लाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इन्टरनेट र डीटीएच टीभीका ग्राहकलाई डिशहोम फाइबरनेटको विशेष ‘स्मार्ट अफर’

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि …

प्रतिकृया दिनुहॊस