काठमाण्डाै ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ .०१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १.०१ अङ्कले बढेर २ हजार ८७२ दशमलव ०५ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने घटेर ५३९ दशमलव ३८ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार कुल २१४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार ५ सय ३० कित्ता शेयर ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




