भानुजयन्ती: भानु नगरपालिकामा सार्वजनिक बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडाैँ । तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका उपलक्ष्यमा मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिइन् । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।

स्वदेश तथा विदेशी साहित्यकारहरुको समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना सङ्क्रमणका कारण २०८औँ भानुजयन्ती एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा बेंसीस्थित भानुजन्मस्थल विकास समितिको कार्यालयमा बिहान भानुप्रति श्रद्धाञ्जलि तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री