काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ।धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड गरिएको हो।
कम्पनीको आईपिओमा कुल १९ लाख ५४ हजार २ सय ७४ जनाबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये २ हजार ७ सय ५३ जनाको आवेदन रद्द भएको र १९ लाख ५१ हजार ५ सय २१ जना योग्य आवेदक कायम भएका छन् ।
माग भन्दा बढीको आवेदकले आवेदन दिएकोले गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
तपाईंको प्रतिकृया




