काठमाडौं ।व्यवसायीक रुपमा सञ्चालनमा आएको मयुर यातायातमा अष्ट्रेलियन अर्बपति शेष घलेले लगानी गर्ने भएका छन् ।गैरआवासिय संघका निवर्तमान अध्यक्ष समेत रहेका घलेले मयुरमा लगानी गर्न लागेका हुन् । कम्पनीमा ७० प्रतिशत भन्दा बढी गैरआवासिय नेपालीहरुको लगानी रहेको छ ।
अर्बपति घलेले पनि लगानी गर्न लागेको मयुर यातायात प्रालीका अध्यक्ष मोहन श्रेष्ठले बताए । “हामी नेपालको उत्कृष्ट बस व्यवसायी बन्ने अभियानमा छौं,” उनले भने “गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले समेत कम्पनीमा लगानी गर्दै हुनुहुन्छ ।”
केहि समय अघि अरनिको राजमार्गको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयूर यातायातमा लगानी गर्न अन्य क्षेत्रका व्यवसायीसहित गैरआवासीय नेपालीहरुले पनि प्रस्ताव राखेको थियो ।
तपाईंको प्रतिकृया



