२२ सय ३९ जना संक्रमित थपिए, १३ सय १६ जना संक्रमणमुक्त

काठमाडौँ । गएकाे २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार ९ सय २९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ४० जना पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ५ सय ९० जना रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३१३ जनाको सङ्क्रमण परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री