नवलपुरका बैंकर्सहरु पनि उत्रिए सासु काेषकाे विराेधमा

नवलपुर । सामाजिक सुरक्षाकोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति र विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सासु कोषमा आवद्ध हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध जनाएका हुन् ।

साे कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार बास्तोलाले सरकारले जबरजस्ती लागु गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको जानकारी दिए।

सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरु नै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुःखले जम्मा गरेको आर्जन भोलीका दिनमा असुरक्षित हुने तथा खाईपाई आएको सुविधा समेत गुम्ने देखिएकोले सो विरोध गर्नुपरेको उनले भने ।  साे विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको प्रभावकारी उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप