काठमाडाै । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को आ.व. २०७६/२०७७ को तेस्रो वार्षिक साधारणसभा २०७८ आषाढ २१ गते केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।
सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।
तपाईंको प्रतिकृया




