उपत्यकामा जोर-बिजोर प्रणाली हट्यो, परीक्षाहरू सञ्चालन गर्न पाइने

काठमाडाैं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा रहेको जोरबिजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार मंगलबारदेखि जोरबिजोर प्रणाली लागु नहुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणालीलाई हटाएको हो । यससँगै करिब २ महिनापछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ । परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री