काठमाडाै । नेपालमा थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा साे संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पिसिआर विधिबाट ४ हजार ८ सय ७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३ हजार २ सय ५६ जनाको परीक्षण गरिएको थियाे भने काठमाडौं उपत्यकामा थप चार सय ६१ जना संक्रमित थपिएका छन्।
तपाईंको प्रतिकृया



