काठमाडाै । महालक्ष्मी विकास बैंककाे सञ्चालक समितिको ४९० औं बैठकले श्रीमती अम्बिका श्रेष्ठलाइ स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रीमती अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी छन् ।
व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ Nepal Finance Institution Association र Development Banker’s Association मा लामो समयसम्म आवद्घ रहेकी थिइन् । त्यसैगरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी छन् ।
तपाईंको प्रतिकृया



