सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा सुमना खनाल नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रबन्धकमा सुमना न्यौपाने खनाल नियुक्त भएकी छिन् । इन्स्योरेन्सले हालै उनलाई वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा नियुक्त गरेको हो ।

कर्पोरेट क्षेत्रमा खनालको प्रदर्शनको आधारमा इन्स्योरेन्सले कम्पनीको प्रत्यक्ष व्यवसायको विकासको लागि नियुक्त गरेको हो । १२ वर्ष १० महिना सूर्य लाइफ इन्स्योरेन्समा काम गरेकी खनालसँग बीमा मार्केटिङ्गमा राम्राे अनुभव रहेको छ । उनले कम्पनीको नाफा बढाउनको लागि प्रत्यक्ष बिक्रीमा थप सुधारको लागि काम गर्ने योजना बनाएकाे र सिधा कर्पोरेट ग्राहकलाई उल्लेखनीय सेवा प्रदान गर्ने बताएकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री