गाडी किन्न सांग्रिलाले ७० प्रतिशतसम्म बिनाधितो कर्जा दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नक्सालमा मुख्य कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबिच आयोजित कार्यक्रममा सो सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार यस बैंकका ग्राहकले टाटा एससीभी कार्गो एण्ड पिक अप भेइकल ब्राण्डको गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिबाट नयाँ गाडी खरीद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिनाधितो कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने बैंकले वताएकाे छ।

ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिनभित्र गाडी खरिदका लागि कर्जा प्रदान गरिने पनि बै‌कले वताएकाे छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटा शाखाहरुबाट ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप