अब गाली गर्न बाँकी नै कोही छ र, प्रधानमन्त्रीज्यू ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निर्णयहरूको बचाउ गर्न विपक्षी गठबन्धनका नेताहरूमाथि गालीगलौज र आक्षेप लगाउन थालेका छन् । उनको स्वभावै तिखो बोल्ने हो तर पछिल्ला दिनमा बोलीको लय झन् बदलिएको छ । त्यसलाई उनले सोमबार पुष्टि गरेका छन् ।

जहाँ उनले आफ्नो विपक्षमा रहेका दल र नेता मात्र होइन, पूर्वप्रधानमन्त्री, सभामुखलगायत गरिमामय पदमा रहेका पात्रहरुलाई पनि नाम वा पदै तोकेर मानमर्दन गरे । दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि झन् संकटमा पर्दै गएका ओलीको यो गालीगलौज र आक्षेपको सर्वत्र विरोध भइरहेको छ ।

यहीबिच राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले सबैलाई गाली गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभावसँग असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले अब कसलाई गाली गर्न बाँकी छ भन्दै देवकोटाले प्रश्न गरे ।

‘पूर्व प्रधानमन्त्री लगायत गणतन्त्रका योद्धाहरुलाई गाली, सभामूखलाई गाली, पूर्व प्रधानन्यायाधीशहरुलाई गाली, पूर्व प्रमुख निर्वाचन आयुक्तहरुलाई गाली, नागरिक समाजका अगुवाहरुलाई गाली, पत्रकारलाई गाली, संविधान, कानून, विधी र पद्धतिका पक्षमा बोल्ने लेख्नेहरुलाई गाली । अब गाली गर्न बाँकी नै कोही छ र, प्रधानमन्त्रीज्यू ? देवकोटाले सामाजिक सञ्जालमार्फत पञ्श्न गरेका छन् ।

विधिको शासनमा मैले गरेको मात्रै राम्रो अरुले गरेको नराम्रो सोच्ने प्रधानमन्त्री ओलीको मानसिकता ठीक नभएको उनी बताउँछन् । भने, ‘विधीको शासनमा मैले बोलेको गरेको सबै ठिक अरु सबै बेठिक भन्ने पनि कहीँ हुन्छ ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री