मानव सेवा आश्रमलाई सहयोग

कैलाली । धनगढीमा रहेको मानव सेवा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । सुदुर पश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष लोकराज पाण्डेले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई १० हजार सहयोग गरेको आश्रमले जनाएको छ।

यस्तै होटल सनलाईटका संचालक कलम बम र बसन्ती भण्डारीले आफ्नो १४ औं बिवाह वर्षगाँठको अवसरमा आश्रमलाई ५ हजार १०० सहयोग गरेको जनाएको छ । यस्तै गौतम ब्रर्दसका संचालक कमला भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई ७ हजार ५ सय सहयोग गरेकी हुन् ।

यस्तै धनगढी निवासी कमला जोशीले दिउँसो को खाजा स्वरुप दहि र जेरी सहयोग गरेको आश्रमले जनाएको छ । यस्तै धनगढी ४ निवासी ओम प्रकाश पाण्डेयले आफ्नो जन्मदिनका अवसरमा आश्रमलाई १ हजार १११ नगद सहयोग गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री