अब रियलमी ८ का साथ रियलमी बड्स एयर २ र बड्स एयर २ नियो पनि नेपाली बजारमा

काठमाडौँ। विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ’रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

उद्योगको शीर्षस्तर अन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगितिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डाएमण्ड आकारमा उच्च गुणस्तरको कार्वन बनावट रहेको छ । यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एनएनसी प्रविधिमा आधारित छन् साथै २५ डिबीको ध्वनि ह्रास गर्ने 25 db noise reduction depth) तथा कम फ्रिक्वेन्सीकाे आवाज÷हो – हल्लालाई प्रभावकारी रुपमा कम गर्न सक्छ । यी नयाँ संस्करणमा ब्याट्रीको क्षमता, उच्चतम अडियो, डिजाइन आकर्षकतामा पनि सुधार गरिएको छ ।

५ डिबीसम्म हो–हल्ला रद्द गर्ने क्षमता अनावश्यक हो–हल्लाको समस्या समाधान
सामान्यतया महँगा उपकरणमा मात्र उपलब्ध हुने गरेको नोइज क्यान्सलेसेन (अनावश्यक बाहिरी हो–हल्ला रद्द) प्रविधि रियलमीले औषत बर्गका प्रयोगकर्ताको लागि पनि किफायती रहेको रियलमी बड्स एअर २ मा यो प्रविधी ल्याएको छ ।

रियलमी बड्स एयर २ र एयर २ नियोले २५ डिबीसम्म नोइज क्यान्सलेसन गर्न सक्दछ र प्रायः कम प्रवृत्तिको ध्वनि फिल्टर गरी मूल आवाजभन्दा बाहिरको यातायात, हवाइजहाज लगायतका अन्य वस्तुको आवाज हटाएर ध्वनिमा हुने समस्या समाधान गर्दछ । उत्कृष्ट रुपमा ध्वनिको समस्या हटाउनका लागि यसमा आर २ चिपको प्रयोग गरिएको छ । यसले सक्रिय आवाज अर्थात् मूल आवाजलाई समर्थन गरेर बाह्य हो–हल्ला रोक्न मद्दत गर्छ । उत्कृष्ट कम्प्युटिङ प्रदर्शन, उच्चतम ब्याट्री प्रभावकारिता, थप स्थिर जडान र उच्च गुणस्तरीय कलका लागि यसले उत्कृष्ट भूमिका निर्वाह गर्दछ ।

ट्रान्सपरेन्सी मोड बडस् एयर २ र बडस् एयर २ नियो दुबै उपकरणका लागि थप फिचर हो । यसलाई सक्रिय गरेर उपभोक्ताले माइक्रोफोन मार्फत बाह्य आवाज सुन्न सकिन्छ र सजिलैसँग एअरफोन ननिकाली बाहिर अरुसँग सजिलै कुरा गर्न सकिन्छ ।
ताररहित यी दुबै एयरफोनहरु ध्वनि पिकअपका लागि डबल माइक्रोफोनले सुसज्जित छन् । वातावरणीय हल्ला कम गरी वरपरको आवाजलाई घटाएर स्पष्ट रुपमा अर्को व्यक्तिले बोलेको कुरालाई सुन्न सकिने प्रविधीमा यी संस्करणहरु पहिला भन्दा अहिले निकै उत्कृष्ट छन् ।

ट्रेन्ड सेटिङ्ग डिजाइन
आधुनिक युवाका लागि एयर बड्स एक फेसन उपकरण पनि हो । संगीत सुन्न, फोन गर्न वा चलचित्र हेर्न अन्य उपकरण भन्दा थप आकर्षणका रुपमा यसको विकास हुँदै गएको छ । यसका प्रयोगकर्ता बढ्दो दरमा रहेकोमा एयर बड्सले उपभोक्ताको व्यक्तित्व र मनोवृत्तिको प्रतिनिधि गर्दै व्यक्तित्व आकर्षक बनाउन सहयोग पुर्याउँछ । जसरी टोपी, कपडा र जुत्ताले व्यक्तित्व आकर्षक बनाउँछ त्यसै रुपमा एयर बड्स देखिएको छ ।
जसकारण कम्पनीले बड्स एयर २ का नयाँ संस्करणका यी दुबै उपकरणलाई विगतका अनुभव र उपभोक्ताको आवश्यकता अनुरुप प्रस्तुत गरेको छ ।

बड्स एयर २ हेर्दा पनि उत्तिकै आकर्षक र सुन्दर देखिन्छ । अघिल्लो संस्करणभन्दा यसको डिजाइनमा थुप्रै फिचरहरु थप गरिएको छ । यो आधुनिक दुई टोन कलर स्प्लिसिंगमा डिजाइनमा उपलब्ध छ । कालो र नीलो तथा चाँदी र सेतो कलरमा उपलब्ध बड्स एयर निकै आकर्षक छ । यसको विशेष आकार र चम्किलो बनावटले यसलाई एक किसिमको स्टाइल आइकन हुने कम्पनी विश्वस्त छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस