काठमाडौं । आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ सुरु गरेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका हुन् । सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरी आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखेर १ जुलाईबाट उडान गर्न अनुमति दिएको छ ।
यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् । सरकारले निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने गरि निषेधाज्ञा खुकुलो बनाएको छ । \
याेसँगै वायुसेवा कम्पनीलाई उडान सुचारु गर्न बाटो खुलेको हो । यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने वताएकाे छ ।
प्रतिकृया दिनुहॊस